PRIME TIME 8 PM NEWS_2077_05_27 - NEWS24 TV

2 Просмотры
Издатель
सरकारको अहिलेसम्मको निषेध र नियन्त्रणको नीति विफल भइसक्यो । त्यसैले अब त निषेध हैन नियमनमा पो बढी जोड दिनुपर्ने हो । सार्वजनिक यातायात सुरक्षितरूपमा सञ्चालन गर्ने अभ्यास पो गर्नुपर्ने हो । निजी नम्बर भएको जिप भाडामा लिएर यात्रा गर्दा संक्रमण नहुने र सार्वजनिक यातायात असुरक्षित हुने तर्क बुझ्न सकिँदैन । बन्दाबन्दी र निषेधाज्ञाको मार सहन नसक्नेहरूमध्ये केहीले आत्महत्या गर्न थालेका छन् । नैतिकता र विवेक भएको शासकका लागि आफ्नो नीतिका कारण नागरिकले आत्महत्या गर्नु आत्मग्लानि र विषादको विषय हुनुपर्ने हो । बहुसंख्यक जनताले आत्महत्याको बाटो रोज्दैनन् । सहन नसकेपछि जनता विद्रोहमा उत्रिन्छन् । तर्क र विवेकका दृष्टिमा सही ठहर नहुने नियम कार्यान्वयन गर्ने जिद्दी छाडेर सरकार व्यवहारिक र मानवीय बनोस् । जनतासँगको दुस्मनी महँगो पर्छ कि सरकार !

प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. देशभर कोरोना संक्रमण भयावह बन्दै, एकैदिन १४ जनाको मृत्यु, एक हजार २ सय २ नयाँ संक्रमित थपिए ।

२. नेपालमा प्रयोग भएका ४५ प्रतिशत स्यानिटाइजर स्वास्थ्यका लागि घातक, औषधि व्यवस्था विभागले ग¥यो पाँच उद्योगलाई कारवाही ।

३. सार्कको मन्त्रीस्तरीय बैठक सेप्टेम्बर २४ मा हुँदै, अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले शिखर सम्मेलनका लागि पहल थाल्ने ।

४. लोपोन्मुख बन्दै गएको अर्नाको संख्या नेपालमा बृद्धि , विश्वमै ४ हजारको संख्यामा रहेको अर्नाको संख्या नेपालमा मात्र ४४१ पुग्यो ।

५. र, अफगानिस्तान र विद्रोही तालिवानबीच ऐतिहासिक शान्तिवार्ता सुरु, वर्षौदेखिको युद्ध समाप्त हुने विश्वास ।

SUBSCRIBE :
WEBSITE :

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews
Категория
Детективы онлайн
Комментариев нет.
Яндекс.Метрика