PRIME TIME 8 PM NEWS_2077_04_31 - NEWS24 TV

1 Просмотры
Издатель
कोभिड–१९ को संक्रमण हेर्दाहेर्दै धान्न नसकिने गरी फैलन थालेको छ । सरकारको पूर्व आंकलन भन्दा बाहिर संक्रमित बढीरहेका छन् । कोरोनाबाट मृत्यु हुन नदिने १ सय दिन अगाडी सरकारको निर्णय र तयारीलाई नै अहिले सय नाघेको मृतकको संख्याले गिज्याइरहेको छ । एक महिनामा एक्कासी बढेको मृत्युको ग्राफ अझै उकालो लाग्ने क्रममा छ । तर, सरकारी तयारी देखिएको छैन । संक्रमण समूदायमा फैलिएको छ । विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन गरिएको छ । उपत्यकाका पनि केही वडामा संक्रमण समूदायमा पुगेको भन्दै सिल गरिएको छ । तर, नागरिकमा अझै पनि चेत खुलेको छैन । चिउँडोमा मास्क उस्तै छ । अझ, संक्रमित क्षेत्रका मानिस खुलेआम हिँडिरहेका छन् । जबसम्म कोरोना चौघेरामा आउँदैन तबसम्म यसलाई खेलाँची सोच्ने प्रवृत्तिले थप स्थिति जटिल तर्फ धकेलिरहेको छ । उता, सरकारको तर्फबाट त झन् स्पष्ट नीति अवलम्बन नै भएको छैन । सरकारकै ढुलमुले नीतिले नागरिकमा पनि यसप्रतिको चनाखोपन नदेखिनु नेपालका लागि गम्भीर गल्ती सावित हुने छ । चेतना भया ।

प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. उपत्यकामा ९८ सहित २४ घण्टामा ४ सय ६८ नयाँ कोरोना संक्रमित थपिए, संक्रमित संख्या २६ हजार नाघ्यो, मृतकको संख्या १ सय २ पुग्यो ।

२. कोरोना संक्रमितको सम्पर्कमा आएको पाँच दिनपछि मात्रै पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह, आइसोलेसन बेड व्यवस्था गर्न मेडिकल कलेजलाई निर्देशन ।

३. प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चार महिनापछि फोन सम्बाद, नेपाल–भारतबीच सम्बन्ध सुधार हुने अपेक्षा ।

४. पाँच वर्षदेखि स्थानान्तरणको माग गर्दा पनि सुनुवाई नहुँदा पहिरोले लियो सिन्धुपाल्चोकको लिदीवासीको ज्यान, सरकारी गैरजिम्मेवारको परिणाम भएको कांग्रेसको आरोप ।

५. र, कार्यदल गठन गरेको विषयलाई लिएर सचिवालयका तीन सदस्य रुष्ट, अध्यक्ष दाहालसँग कार्यदलको औचित्यमाथि प्रश्न, सचिवालय बैठक डाक्न माग ।

SUBSCRIBE :
WEBSITE :

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews
Категория
Детективы онлайн
Комментариев нет.
Яндекс.Метрика